नेपाली खेलाडी आबद्द समूहको खेल स्थगित
मंगलबार, ०३ चैत्र २०७७खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेड रहेको समूहको खेल स्थगित भएको छ ।
पाकिस्तान फुटबल फेडेरेसनले कोरोनाको कारण समूह 'बी' का खेलहरु स्थगित गरेको हो ।
समूह 'बी' मा रहेका कराची युनाईटेडका एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि यस समूहका खेलहरु स्थगित गरिएको हो ।
पहिलो खेलमा नेपाली खेलाडी आबद्द मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले परजित गरेको थियो ।








_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

