लिभरपुल र लाइपजिगबीचको खेल बुडापेस्टमा हुने
बिहिबार, फागुन २०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत लिभरपुल र आरबी लाइपजिगबीचको दोस्रो लेग खेल हंगेरीको बुडापेस्टमा हुने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार लिभरपुल र लाइपजिगबीचको खेल बुडापेस्टमा हुने जनाएको छ ।
कोरोना भाईरसको कारण इंग्ल्यान्ड सरकारले जर्मनीबाटको यात्रामा लगाएको प्रतिबन्धको कारण दोस्रो लेग हंगेरीमा हुने भएको हो ।
यस अघि पहिलो लेग खेल पनि हंगेरीमा भएको थियो । पहिलो लेगमा लिभरपुल २-० ले अघि रहेको छ ।
लिभरपुल र लाइपजिगबीचको दोस्रो लेग खेल मार्च ११ मा हुनेछ ।
यस्तै म्यानचेस्टर सिटी र बोरुसिया मन्छेनग्लाडबाखबीचको दोस्रो लेग खेल सिटीको मैदानमा हुने पक्का भएको छ ।






-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




