डर्टमण्ड जर्मन कपको सेमिफाइनलमा
बुधबार, फागुन १९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमण्ड अन्तिम चारमा पुगेको हो ।
डर्टमण्डको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि खेलको ५३ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गरेका थिए ।
तर, उनको गोलले मान्यता पाएन ।
यस्तै खेलको अन्तिम केहि समय डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।
खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)