बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
सोमबार, १७ फाल्गुण २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् ।
गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनको प्रहरीले बार्टोमेउलाई पक्राउ गरेको मिररले जनाएको छ ।
बार्टोमेउमाथि क्लबका अध्यक्ष भएको समयमा उनले गैरकानुनी कार्य गरेको आरोप छ ।
प्रहरीले बार्टोमेउसँगै क्लबका सीईओ ओस्कार र कानुनी अधिकृत रोमनलाई समेत पक्राउ गरिएको बताईएको छ ।
प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेको समेत बताईएको छ ।
बोर्टेमोउले गत वर्ष बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए ।
कप्तान लियोनल मेस्सीसँग विवाद चुलिएपछि उनले बोर्डबाट राजीनामा दिएका हुन् ।






-1775446739231.webp&w=3840&q=75)
-1775383382132.jpeg&w=3840&q=75)




-1775358123713.webp&w=3840&q=75)
-1775312592574.webp&w=3840&q=75)