पोग्बा अझै केहि साता मैदान बाहिर
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बा अझै केहि साता मैदान बाहिर रहने भएका छन् ।
दाहिने खुट्टाको 'थाई मसल इन्जुरी' को कारण पोग्बा तीन साता यता मैदान बाहिर रहदै आएका छन् ।
फ्रान्सका मिडफिल्डर पोग्बाले एभर्टनसँगको खेलमा चोट बोकेका थिए ।
त्यसयता उनले युरोपा लिग र एफए कपका खेल गुमाईसकेका छन् ।
युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनार सोल्सायरले पोग्बा थप हप्ता मैदान बाहिर रहने पुष्टि गरेका छन् ।
'हामीले उनको चोटको परिक्षण गरेका छौँ । पाउल अझै केहि हप्ता बाहिर रहने छन्,' सोल्सायरले भनेका छन् ।
अब पोग्बाले प्रिमियर लिगमा चेल्सीविरुद्ध आइतबार हुने खेल गुमाउने छन् ।