सातदोबाटोको रोमान्चक जित

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जित निकालेको छ ।
शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३-२ गोलको जित निकालेको हो ।
सातदोबाटोको जितमा दोर्जे तामाङ, आशिष राई र भुवन बस्नेतले एक एक गोल गरे ।
खुमलटारका सबिन केसी र आदिल हमिदले एक एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए ।
तर, २६ औं मिनेटमा सबिनले फ्रिकिकबाट गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४८ औं मिनेटमा आदिलले गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।
खेलको ६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३-२ को जित दिलाए ।
जितसँगै सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।
सातदोबाटो शीर्ष स्थानमा यथावत रहेको छ ।
खुमलटारले ७ खेलमा १६ अंक जोडेको छ ।
खुमलटार लिगको दोस्रो स्थानमा रहेको छ ।