हेनरीले छाडे मुख्य प्रशिक्षक पद
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । फ्रान्सेली प्रशिक्षक थिएरी हेनरीले अमेरिकाको मेजर लिग सकर क्लब सीएफ मोन्टरियलको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन् ।
आर्सनलका पूर्व स्ट्राइकर समेत रहेका हेनरीले व्यक्तिगत कारण देखाएर मुख्य प्रशिक्षक पद छाडेका हुन् ।
४३ वर्षीय हेनरीले परिवारलाई समय दिन मुख्य प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन् ।
यस अघि हेनरीले फ्रेन्च लिग वन क्लब मोनाकोको मुख्य प्रशिक्षक रहेका थिए ।
सन् २०१८/१९ को सिजन मोनाको हेरेका उनि ३ महिनामै बर्खास्तमा परेका थिए ।