'बी' लिग : सातदोबाटो र खुमलटार भिड्दै
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच खेल हुनेछ ।
दुई टिमबीचको खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ । र, दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
लिगमा सातदोबाटो ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
खुमलटार १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसिएसनले टुसाल युथ क्लबसँग खेल्नेछ ।
मध्यपुर र टुसालबीचको खेल अपरान्ह ३:३० बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
मध्यपुर १ अंक जोडेर पुछारमा रहेको छ ।
टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।