लेष्टर युरोपा लिगबाट बाहिरियो
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लेष्टर सिटी युरोपा लिग फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा चेक रिपब्लिकको एसके स्लाभियासँग २-० गोल अन्तरले पराजित हुँदै लेष्टर बाहिरिएको हो ।
पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको लेष्टर स्लाभियासँग समग्रमा २-० ले पराजित भयो ।
घरेलु मैदानमा स्लाभियालाई जित दिलाउन लुकास प्रोभोड र अब्दुल्लाह सिमाले एक एक गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, ४९ औं मिनेटमा लुकासले गोल गर्दै स्लाभियालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दै घरेलु टोलीलाई २-० को जित दिलाए ।