सिटीलाई मन्छेनग्लाडबाखको चुनौती
बुधबार, फागुन १२, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा आज बोरुसिया मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सिटीले हंगेरीको पुस्कास एरिनामा मन्छेनग्लाडबाखविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सिटी र मन्छेनग्लाडबाखबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
जर्मन क्लबविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ ।
सिटी पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
तर, जर्मन क्लबविरुद्ध जित निकाल्न सिटीलाई सहज हुने छैन ।
मन्छेनग्लाडबाख पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।








-1762660030983.webp&w=3840&q=75)




