काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण जारि रहेको छ ।
टियु क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण सुरु भएको १० दिन पुगिसकेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएको छ ।
मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी गरिरहेको हो ।
नेपालले टिमको तयारी गरेपनि अन्तर्राष्ट्रिय खेल भने तत्काल खेल्ने छैनन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज पनि स्थगित भईसकेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।
टिममा को को छन् ?
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर, कुशल मल्ल, अविनास बोहोरा,कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम शोब,सन्दीप जोरा, पृथु बास्कोटा, बसन्त रेग्मी, शाहब आलम
नेपाली टिमको तयारी हेर्नुहोस् ।
तस्बिर - क्यान