काठमाडौं । श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
ब्याट्सम्यान थरंगाले मंगलबार १५ वर्षे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
३६ वर्षीय थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले श्रीलंकाका लागि कुल २ सय ९२ खेलमा ९ हजार १ सय १२ रन बनाउँदा १८ शतक बनाएका थिए ।
पूर्व कप्तान समेत रहेका थरंगाले सन् २०१९ को मार्चपछि श्रीलंकाका लागि खेलेका थिएनन् ।
थरंगा नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौंथो संस्करणका लागि नेपाल आउने तय भएको थियो ।
ललितपुर प्याट्रियट्सले उनलाई अनुबन्ध गरेको थियो ।
तर, कोरोना महामारीको कारण ईपीएलको चौंथो संस्करण आयोजना भएन ।