एजेन्सी । अलराउण्डर दासुन शनाका श्रीलंकाको टी-ट्वान्टी क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् ।
श्रीलंका क्रिकेट बोर्डले शनाकालाई टी-ट्वान्टीको कप्तानी दिएको हो ।
श्रीलंकाले वेस्ट इन्डिज भ्रमणको लागि टिम घोषणा गर्दै शनाकालाई कप्तान चयन गरेको हो ।
वेस्ट इन्डिज भ्रमणका लागि श्रीलंकाले २० सदस्सीय टिमको घोषणा गरेको छ ।
एकदिवसीय टिमको कप्तान भने दिमुथ करुनारत्ने रहेका छन् ।
श्रीलंकाले घोषणा गरेको टिममा लाहिरु कुमारा छैनन् ।
कोरोना भाईरसको संक्रमण देखिएपछि कुमाराले वेस्ट इण्डिज भ्रमण गुमाउने भएका हुन् ।
उनको स्थानमा श्रीलंकाले सुरंगा लकमाललाई टिममा बोलाएको छ ।
श्रीलंकाले मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्नेछ ।
भ्रमण दौरान दुई टिमबीच टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिज हुनेछ ।
तीन खेलको टी-ट्वान्टी सिरिज मार्च ३ मा सुरु हुनेछ ।
यस्तै तीन खेलको एकदिवसीय सिरिज मार्च १० मा सुरु हुनेछ ।
दुई खेलको टेस्ट मार्च २१ बाट सुरु हुने तालिका रहेको छ ।