एजेन्सी । वेस्ट इन्डिजका अलराउण्डर कार्लोस ब्रेथवेटले इंग्ल्यान्डको टी-ट्वान्टी ब्लास्ट बर्मिंघम बियर्सबाट खेल्ने भएका छन् ।
बर्मिंघमले सोमबार टी-ट्वान्टी ब्लास्टको लागि ब्रेथवेटलाई अनुबन्धित गरिएको जनाएको छ ।
३२ वर्षीय अलराउण्डर ब्रेथवेटले दोस्रो पटक टी-ट्वान्टी ब्लास्ट खेल लागेका हुन् ।
यस अघि उनले सन् २०१८ मा केन्टबाट खेलेका थिए ।
ब्रेथवेट बर्मिंघमका एक्लो विदेशी खेलाडी हुन् ।
ब्रेथवेट हाल पाकिस्तान सुपर लिगमा व्यस्त रहेका छन् ।
उनले मुल्तान सुल्टान्सबाट पाकिस्तान सुपर लिग खेलिरहेका छन् ।