एजेन्सी । घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज जितेको छ ।
लाहोरमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज २-१ ले आफ्नो बनाएको हो ।
दक्षिण अफ्रीकाले दिएको १ सय ६५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए ।
मोहमद रिजवानले ४२ रन जोड्दा हेदर अलीले १५ रन बनाए ।
यस्तै हसन अलीले अविजित २० रन जोड्दा मोहमद नवाजले अविजित १८ रन बनाए ।
दक्षिण अफ्रीकाका ताम्ब्रेज साम्सीले ४ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित ८५ रन बनाए । यस्तै जानिमन मालनले २७ रन जोड्दा पिटी भान बिल्जोनले १६ रन बनाए ।
पाकिस्तानका हाजिद ममुदले ३ विकेट लिए । मोहमद नवाज र हसन अलीले २/२ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले ३ विकेटको जित निकालेको थियो ।
दोस्रो खेल भने दक्षिण अफ्रीका ६ विकेटले विजयी भएको थियो ।