एजेन्सी । वेस्ट इन्डिजले दोस्रो तथा अन्तिम टेस्टमा घरेलु टिम बंगलादेशलाई जितका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ढाकामा चौंथो दिन आइतबार वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रन जोड्दा अलआउट भएपछि बंगलादेशले मध्यम लक्ष्य पाएको हो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका एनकुर्माह बोनरले सर्वाधिक ३८ रन बनाए । यस्तै जोसुवा डा सिल्भाले २० रन जोड्दा जोन क्याम्पबेलले १८ रन बनाए ।
बंगलादेशका ताइजुल इस्लामले ४ तथा नियम हसनले ३ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा वेस्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोसुवा डा सिल्भाले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एनकुर्माह बोनरले ९० रन जोडे ।
यस्तै अल्जारी जोसेपले ८२ रन जोड्दा कप्तान क्रेग ब्रेथवेट ४७ रन तथा जोन क्याम्पबेलले ३६ रन बनाए ।
जेर्मिने ब्लाकउड २८ रनमा आउट भए ।
बंगलादेशका अबु जायद र ताइजुल इस्लामले ४/४ विकेट लिएका छन् ।
बंगलादेशले पहिलो इनिङ्समा २ सय ९६ रन बनाएको थियो ।
बंगलादेशका लिटोन दासले सर्वाधिक ७१ रन बनाए ।
यस्तै मेहदी हसन मिराजले ५७ रन जोड्दा मुस्फिकर रहमानले ५४ रन जोडे ।
तमिम इकबालले ४४ रन बनाए ।
वेस्ट इन्डिजका राकिम कोर्नवालले ५ विकेट लिए । शानोन ग्राबियलले ३ विकेट लिए ।
बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।
पहिलो टेस्टमा वेस्ट इन्डिजले ३ विकेटको जित निकालेको थियो ।