एजेन्सी । घरेलु टिम भारत इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा अलआउट भएको छ ।
चेन्नईमा भारत टेस्टको दोस्रो दिन आइतबार ३ सय २९ रन जोड्दा अलआउट भएको हो ।
पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो ।
यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए ।
ऋषप पन्तले अविजित रहदै ५८ रन जोडे । रविचन्द्र आश्विन १३ रनमा आउट भए ।
कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए ।
इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए ।
चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।