काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको छ ।
क्यानले शनिबार दोस्रो चरणको प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको हो ।
यस अघि क्यानले पहिलो चरणको प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको थियो ।
यस्तै क्यानले आइतबारबाट टिमको दोस्रो चरणको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।
मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी गर्नेछ ।
नेपालले टिमको तयारी गरेपनि अन्तर्राष्ट्रिय खेल भने तत्काल खेल्ने छैनन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज पनि स्थगित भईसकेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।
सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
टिममा को को छन् ?
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, शरद भेषवाकर, कुशल मल्ल, अविनास बोहोरा,कमल सिंह ऐरी, आसिफ शेख, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम शोब,सन्दीप जोरा, पृथु बास्कोटा, बसन्त रेग्मी, शाहब आलम