एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा राम्रो सुरुवात गरेको छ ।
चेन्नईमा पहिलो दिनको खेल सकिदा शनिबार भारतले ६ विकेट गुमाएर ३ सय रन जोडेको छ ।
भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो ।
यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए ।
रविचन्द्र आश्विन १३ रनमा आउट भए ।
कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए ।
ऋषप पन्त ३३ रनमा अविजित रहदा अक्षर पटेल ५ रन जोडेर अविजित रहेका छन् ।
इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले २/२ विकेट लिए ।
चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।