बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा सैनामैना क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा शुक्रबार भएको खेलमा सैनामैनाले स्टार क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको स्टारले ४९ ओभर ४ बलमा अलआउट भएर १ सय ९२ रन बनाएको थियो ।
स्टारका लागि निश्चल ज्ञवालीले ४२, विवश खातीले ३४, करण घर्ती मगर र महेश पटेलले समान १७/१७ रन बनाए ।
सैनामैनाका सुनिल पौडेलले ४ तथा वसन्त खड्काले ३ विकेट लिए ।
स्टारले दिएको १ सय ९३ रनको लक्ष्य सैनामैनाले ४४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
सैनामैनाको जितमा प्रदीप सुवेदीले ४८ रन जोड्दा वसन्त खड्काले ४३ रन बनाए ।
स्टारका महेश पटेल र रोहन अर्यालले ३/३ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।