ज्ञानोदय क्लबलाई खेलकुद सामग्री सहयोग
शुक्रबार, ३० माघ २०७७खेलपाटी संवाददाता

बुटवल । ज्ञानोदय क्लबलाई तिलोत्तमा नपा ९ का वडाअध्यक्ष तथा समाजसेवी, खेलकुदप्रेमी नारायण न्यौपानेले क्रिकेट खेल सामग्री सहयोग गरेका छन् ।
रुपन्देही क्रिकेट संघद्वारा आयोजित जिल्ला स्तरीय सुपर लिगमा सहभागी हुने ज्ञानोदयलाई शुक्रबार न्यौपानेले सहयोग गरेका हुन् ।
न्यौपानेले व्यक्तिगत खर्चमा ४३ हजार बराबरको गुणस्तरीय दुई सेट क्रिकेट किट क्लबलाई सहयोग गरेका हुन् ।
न्यौपानेले क्लबका अध्यक्ष ध्रुव न्यौपानेलाई खेल सामग्री प्रदान गरे ।
सुपर लिग फागुन १ गतेबाट सुरु हुँदैछ ।












-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)
-1767323467090.webp&w=3840&q=75)
