एजेन्सी । घरेलु टिम बंगलादेशए वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्स खराब सुरुवात गरेको छ ।
ढाकामा वेस्ट इन्डिजलाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको बंगलादेशले शुक्रबार ४ विकेट गुमाएर १ सय ५ रन जोडेको छ ।
दोस्रो दिनको खेल सकिदा बंगलादेश पहिलो इनिङ्समा ३ सय ४ रनले पछि परेको छ ।
बंगलादेशका लागि तमिम इकबालले सर्वाधिक ४४ रन बनाए । कप्तान मोनिनुल हक २१ रनमा आउट भए ।
मुस्फिकर रहिम २७ रनमा अविजित रहेका छन् ।
वेस्ट इन्डिजका शानोन गाब्रियलले २ विकेट लिएका छन् ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४ सय ९ रन जोड्दा अलआउट भयो ।
वेस्ट इन्डिजका लागि जोसुवा डा सिल्भाले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एनकुर्माह बोनरले ९० रन जोडे ।
यस्तै अल्जारी जोसेपले ८२ रन जोड्दा कप्तान क्रेग ब्रेथवेट ४७ रन तथा जोन क्याम्पबेलले ३६ रन बनाए ।
जेर्मिने ब्लाकउड २८ रनमा आउट भए ।
बंगलादेशका अबु जायद र ताइजुल इस्लामले ४/४ विकेट लिएका छन् ।
बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ ।
पहिलो टेस्टमा वेस्ट इन्डिजले ३ विकेटको जित निकालेको थियो ।