एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अमेरिकाका बलर निसर्ग पटेलमाथि लगाएको बलिङ प्रतिबन्ध फुकुवा गरेको छ ।
पटेलले आफ्नो बलिङ एक्सनमा सुधार गरेको कारण प्रतिबन्ध खुला गरिएको आईसीसीले जनाएको छ ।
प्रतिबन्ध हटेसँगै अब पटेलले बलिङ गर्न पाउने छन् ।
आईसीसीले गत वर्षको फेब्रुअरीमा बलिङ अनाधिकृत रहेको भन्दै पटेललाई प्रतिबन्ध लगाएको थियो ।
विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिजको दौरान पटेलको बलिङ अनाधिकृत पाईएको आईसीसीले जनाएको थियो ।
आईसीसीबाट प्रतिबन्धमा परेपछि पटेलले बलिङ एक्सन सुधार गरेका थिए ।
आईसीसीलाई पठाईएको उनको पछिल्लो बलिङ एक्सनमा नियमसंगत पाईएको थियो ।