एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण आर्चरले भारतविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
आर्चरले दाहिने हातको कुहिनो चोट बोकेको बताईएको छ ।
भ्रमणकारी टिम इंग्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट शनिबार चेन्नईमा सुरु हुनेछ ।
चार खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।
आर्चर तेस्रो टेस्टमा भने टिममा फर्कने छन् ।
इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट फेब्रुअरी २४ मा सुरु हुनेछ ।