अष्ट्रेलियाले बंगलादेश भ्रमण गर्ने
बिहिबार, २९ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ ।
अष्ट्रेलियाले यसै वर्ष बंगलादेशको भ्रमण गर्ने भएको हो ।
तर, बंगलादेश भ्रमणको मिति भने तय भएको छैन ।
अष्ट्रेलियाले बंगलादेशसँग टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टिमबीच टेस्ट सिरिज भने हुने छैन ।
अष्ट्रेलियाले बंगलादेश भ्रमणलाई टी-ट्वान्टी विश्वकपको तयारीको रुपमा लिएको छ ।
टी-ट्वान्टी विश्वकप २०२१ मा भारतमा हुँदैछ ।
अष्ट्रेलियाले सन् २०१७ पछि बंगलादेश भ्रमण गरेको छैन ।













-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)