बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनको पहिलो खेलमा प्रोफेसनल मास्टर्स-११ ले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बुधबार भएको खेलमा मास्टर्स-११ ले स्टार क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको स्टारले अलआउट हुँदै १ सय ६१ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको मास्टर्स-११ ले ७ विकेट गुमाएर पुरा गर्यो ।
खेलको प्लेयर अफ दि म्याच जय प्रताप यादव चुनिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
विजेता टोलीले ए डिभिजन खेल्नेछ ।