एजेन्सी । इंग्ल्यान्डले पहिलो टेस्टमा घरेलु टिम भारतलाई पराजित गरेको छ ।
चेन्नईमा मंगलबार इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको हो ।
इंग्ल्यान्डले दिएको ४ सय २० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारत १ सय ९२ रन जोड्दा अलआउट भयो ।
दोस्रो इनिङ्स भारतका कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए । शुबमन गिल ५० रन बनाएर आउट भए ।
चेतेश्वर पुजारा १५ तथा ओपनर रोहित शर्मा १२ रनमा आउट भए ।
इंग्ल्यान्डका ज्याक लिचले ४ विकेट लिए । जेम्स एण्डरसनको नमम ३ विकेट रह्यो ।
यस अघि भारतीय बलर चम्किएपछि दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रनमा समेटिएको थियो ।
इंग्ल्यान्डका जोय रुटले ४० रन जोड्दा ओली पोपले २८ रन बनाए । डम बेस २५ र जोस बटलर २४ रनमा आउट भए ।
भारतका रविचन्द्र आश्विनले ६ विकेट लिए । साहबाज नदीमले २ विकेट लिए ।
त्यसअघि पहिलो इनिङ्समा घरेलु टिम भारतले ३ सय ३७ रन बनाएको थियो ।
भारतका ऋषव पन्तले ९१ रनको अर्धशतकीय इनिङ्स खेले ।
वासिङ्गटन सुन्दरले अविजित ८५ रन जोड्दा चेतेश्वर पुजाराले ७३ रन बनाए ।
रविचन्द्र आश्विन ३१ रनमा औअत हुँदा शुबमन गिल २९ रनमा आउट भए ।
कप्तान विराट कोहलीले ११ रन जोडे ।
इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसन, ज्याक लिच र जोफ्रा आर्चरले २/२ विकेट लिए ।
इंग्ल्यान्डले पहिलो इनिङ्समा भने ५ सय ७८ रनको फराकिलो स्कोर बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
रुटले १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रुटको यो करियरको १०० औं टेस्ट हो ।
यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए ।
ओली पोपले ३४ तथा रोरी बर्न्सले ३३ र जोस बटलरले ३० रन बनाए ।
डम बेस ३४ रनमा आउट हुँदा ज्याक लिच १४ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३/३ विकेट लिए । यस्तै इशान्त शर्मा र साहबाज नदीमले २/२ विकेट लिए ।
यससँगै इंग्ल्यान्डले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।