काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित हुने सम्भावना बढेको छ ।
क्रिकेट सम्बन्धि वेबसाइट क्रिकइन्फोका पत्रकार पिटर डेला पेनाले ओमानमा हुने सिरिज स्थगित हुने सम्भावना बढेको बताएका छन् ।
उनले अमेरिकाले टिमको तयारी रोकेको समेत बताएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल र अमेरिकाको क्वारेन्टिन खर्च नतिर्ने भएपछि सिरिज स्थगित हुने सम्भावना बढेको हो ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको छ ।
ओमान पुगेपछि ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम रहेको छ । ओमानले उक्त खर्च आईसीसीलाई व्यहोर्न आग्रह गर्दै आईरहेको छ ।
ओमान र आईसीसीले भने औपचारिक रुपमा केहि बताएको छैन ।
सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरिसकेको छ ।
मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो ।
क्यानले बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाएको छ ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
प्रारम्भिक टिम :
पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोव, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरि शंकर साह, विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा, पवन सर्राफ, शरद भेषवाकर,अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का, ज्ञानेन्द्र मल्ल