एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम भारतलाई पहिलो टेस्टमा जितका लागि ४ सय २० रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
चेन्नईमा सोमबार दोस्रो इनिङ्समा इंग्ल्यान्ड १ सय ७८ रन जोड्दा अलआउट भएपछि भारतले फराकिलो लक्ष्य पाएको हो ।
इंग्ल्यान्डले दिएको लक्ष्यसहित भारतले जवाफी ब्याटिङ थालेको छ । चौंथो दिनको खेल सकिदा भारतले १ विकेट गुमाएर ३९ रन जोडेको छ ।
भारतका सुबमन गिल १५ र चेतेश्वर पुजारा १२ रन जोडेर क्रिजमा रहेका छन् । ओपनर रोहित शर्मा १२ रनमा आउट भए । उनलाई ज्याक लिचले आउट गरे ।
भारतलाई अब जितका लागि ३ सय ८१ रनको आवश्यकता रहेको छ ।
यस अघि दोस्रो इनिङ्स भारतीय बलर चम्किएपछि इंग्ल्यान्ड सस्तैमा समेटियो ।
इंग्ल्यान्डका जोय रुटले ४० रन जोड्दा ओली पोपले २८ रन बनाए । डम बेस २५ र जोस बटलर २४ रनमा आउट भए ।
भारतका रविचन्द्र आश्विनले ६ विकेट लिए । साहबाज नदीमले २ विकेट लिए ।
त्यसअघि पहिलो इनिङ्समा घरेलु टिम भारत ३ सय ३७ रन जोड्दा अलआउट भएको थियो ।
पहिलो इनिङ्समा भारतका ऋषव पन्तले ९१ रनको अर्धशतकीय इनिङ्स खेले ।
वासिङ्गटन सुन्दरले अविजित ८५ रन जोड्दा चेतेश्वर पुजाराले ७३ रन बनाए ।
रविचन्द्र आश्विन ३१ रनमा औअत हुँदा शुबमन गिल २९ रनमा आउट भए ।
कप्तान विराट कोहलीले ११ रन जोडे ।
इंग्ल्यान्डका डम बेसले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसन, ज्याक लिच र जोफ्रा आर्चरले २/२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै ५ सय ७८ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यससँगै रुटले १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रुटको यो करियरको १०० औं टेस्ट हो ।
यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए ।
ओली पोपले ३४ तथा रोरी बर्न्सले ३३ र जोस बटलरले ३० रन बनाए ।
डम बेस ३४ रनमा आउट हुँदा ज्याक लिच १४ रनमा अविजित रहे ।
भारतका जस्प्रित बुम्राह र रविचन्द्र आश्विनले ३/३ विकेट लिए । यस्तै इशान्त शर्मा र साहबाज नदीमले २/२ विकेट लिए ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।
टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।