हसनले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट गुमाउने
सोमबार, २६ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । बंगलादेशका अलराउण्डर शकिब अल हसनले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
चोटका कारण हसनले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
हसनले पहिलो टेस्टको दौरान चोट बोकेका थिए ।
उनको खुट्टाको फिलामा समस्या देखिएको बताईएको छ ।
हसनले चोट बोकेपछि बंगलादेशलाई दबाब थपिएको छ ।
दुई खेलको टेस्ट सिरिजमा बंगलादेश १-० ले पछि रहेको छ ।
पहिलो टेस्टमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ विकेटले हराएको थियो ।
दोस्रो तथा अन्तिम टेस्ट फेब्रुअरी ११ मा सुरु हुनेछ ।













-1767335931387.jpeg&w=3840&q=75)

-1767323763179.png&w=3840&q=75)