एजेन्सी । घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।
दोस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रीकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले सिरिज २-० ले जितेको हो ।
पाकिस्तानले सन् २००३ पछि पहिलो पटक दक्षिण अफ्रीकाविरुद्ध टेस्ट सिरिज जितेको हो ।
पाकिस्तानबाट पाएको ३ सय ७० रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको दक्षिण अफ्रीका सोमबार २ सय ७४ रन जोड्दा अलआउट भयो ।
दक्षिण अफ्रीकाका एडिन माक्रमले १ सय ८ रनको शतकीय इनिङ्स खेले ।
यस्तै टेम्बा बाभुमाले ६१ रन जोड्दा भान डेर डुसेनले ४८ रन बनाए ।
पाकिस्तानका हसन अलि एक्लैले ५ विकेट लिए । शहिन साह अफ्रिदीले ४ विकेट लिए ।
यस अघि पाकिस्तान पहिलो इनिङ्समा २ सय ७२ रन जोड्दा अलआउट भएको थियो ।
पाकिस्तानका फाहिम आश्रफले अविजित रहदै सर्वाधिक ७८ रन बनाए ।
यस्तै कप्तान बाबर आजमले ७७ रन जोड्दा फावद आलमले ४५ रन बनाए ।
मोहमद रिजवान १८ रनमा आउट हुँदा इमरान बुटले १५ रन बनाए ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ५ विकेट लिए । केशव महाराजले ३ विकेट लिए ।
पाकिस्तानले दोस्रो इनिङ्स अलआउट हुँदै २ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले अविजित रहदै १ सय १५ रनको शतकीय इनिङ्स खेले ।
दक्षिण अफ्रीकाका जर्ज लिन्डेले ५ विकेट लिए ।
दक्षिण अफ्रीकाले पहिलो इनिङ्समा २ सय १ रन बनाएको थियो ।
पहिलो टेस्टमा पाकिस्तानले ७ विकेटको जित निकालेको थियो ।