एजेन्सी । पाहुना टिम वेस्ट इन्डिजले घरेलु टिम बंगलादेशविरुद्धको पहिलो टेस्ट जितेको छ ।
चट्टोग्राममा आइतबार टेस्टको पाँचौं दिन वेस्ट इन्डिजले बंगलादेशलाई ३ विकेटले हराएको हो ।
बंगलादेशले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर २ सय २३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
दोस्रो इनिङ्समा बंगलादेशका कप्तान मोनिनुल हकले १ सय १५ रनको शतकीय इनिङ्स खेले । लिटोन दासले ६९ रन बनाए ।
बंगलादेशले इनिङ्स समाप्तिको घोषणा गरेपछि वेस्ट इन्डिजले जितका लागि ३ सय ९५ रनको लक्ष्य पाएको थियो ।
बंगलादेशले दिएको लक्ष्य वेस्ट इन्डिजले ७ विकेट गुमाएर पुरा गर्यो ।
वेस्ट इन्डिजका लागि डेब्यु खेलाडी केली मेयर्सले अविजित रहदै २ सय १० रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यस्तै एनक्रुमा बोनरले ८६ रन बनाए ।
बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । ताइजुल इस्लामले २ विकेट लिए ।
यस अघि वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ५९ रन जोड्दा अलआउट भएको थियो ।
वेस्ट इन्डिजका कप्तान क्रेग ब्रेथवेटले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।
जेर्मिने ब्लाकउडले ६८ रन जोड्दा जोसुवा डा सिल्भाले ४२ रन बनाए । केली मेयर्सले ४० रन जोडे ।
बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नायिम हसनले २ विकेट लिए ।
त्यस्तै बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ३० रन बनाएको थियो ।
बंगलादेशका लागि मेहदी हसन मिराजले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
यस्तै शकिब अल हसनले ६८ तथा शादमान इस्लामले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
मुस्फिकर रहमान र लिटोन दास समान ३८ रनमा आउट हुँदा कप्तान मोमिनुल हकले २६ रन बनाए ।
होसेन सान्टोले २५ रन बनाउँदा नायम हसनले २४ रन बनाए ।
वेस्ट इन्डिजका जोमेल वारिकनले ४ विकेट लिए । राकिम कोर्नवालले २ विकेट लिए ।
जितसंगै वेस्ट इन्डिजले २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दोस्रो तथा अन्तिम टेस्ट फेब्रुअरी ११ मा सुरु हुनेछ ।