एजेन्सी । दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा पाकिस्तानले खराब ब्याटिङ गरेको छ ।
शनिबार टेस्टको तेस्रो दिनको खेल सकिदा पाकिस्तानले ६ विकेट गुमाएर १ सय २९ रन जोडेको छ ।
तर, दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान २ सय रनले अघि रहेको छ ।
पाकिस्तानका मोहमद रिजवान २८ रन जोडेर अविजित रहेका छन् ।
अजहर अलि २२ रनमा आउट हुँदा फाहिम अश्राफ २९ रन जोडेर आउट भए ।
दक्षिण अफ्रीकाका जर्ज लिन्डेले ३ तथा केशव महाराजले २ विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा दक्षिण अफ्रीका २ सय १ रन जोड्दा अलआउट भएको थियो ।
उसका टेम्बा बाभुमाले ४४ रन जोड्दा मुल्देरले ३३ रन बनाए । एडिन मार्कक्रम ३२ रनमा आउट भए ।
पाकिस्तानका हसन अलिले ५ विकेट लिए ।
त्यसअघि पहिलो इनिङ्समा पाकिस्तान २ सय ७२ रन जोड्दा अलआउट भएको थियो ।
पाकिस्तानका फाहिम आश्रफले अविजित रहदै सर्वाधिक ७८ रन बनाए ।
यस्तै कप्तान बाबर आजमले ७७ रन जोड्दा फावद आलमले ४५ रन बनाए ।
मोहमद रिजवान १८ रनमा आउट हुँदा इमरान बुटले १५ रन बनाए ।
दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ५ विकेट लिए । केशव महाराजले ३ विकेट लिए ।
दुई टेस्टको सिरिजमा पाकिस्तान १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा पाकिस्तानले ७ विकेटको जित निकालेको थियो ।