एजेन्सी । सिड्नी सिक्सर्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा पर्थ स्कर्चर्सलाई २८ रनले पराजित गर्दै सिड्नीले उपाधि जितेको हो ।
सिड्नीले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्थले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो ।
पर्थका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४५ रन बनाए । क्यामरुन बेनक्रोफ्टले ३० रन जोड्दा आरोन हार्डीले २६ रन बनाए ।
सिड्नीका बेनले ३ विकेट लिए । ज्याक्सन बर्ड, सिन एब्बट र डानिल क्रिस्टियनले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
सिड्नीका लागि कप्तान जेम्स भिन्सले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । डानिल क्रिस्टियनले २० रन जोड्दा कप्तान मोइस हेन्रिक्सले १८ रन बनाए ।
पर्थका जे रिचार्डसन र एन्ड्रु टेले २/२ विकेट लिए ।
सिड्नीले लगातार दोस्रो सिजन बिग बासको उपाधि जितेको हो ।
समग्रमा सिड्नीको यो तेस्रो उपाधि हो ।
सिड्नी बिग बासमा तेस्रो पटक उपाधि जित्ने पहिलो टिम हो ।