एजेन्सी । घरेलु टिम भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले विशाल योगफल बनाएको छ ।
चेन्नईमा जारी टेस्टको दोस्रो दिनको खेल सकिदा शनिबार इंग्ल्यान्डले ८ विकेट गुमाएर ५ सय ५५ रन बनाएको छ ।
इंग्ल्यान्डका लागि कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यससँगै रुटले १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् । रुटको यो करियरको १०० औं टेस्ट हो ।
यस्तै डम सिब्लीले ८७ रन जोड्दा बेन स्टोक्सले ८२ रन बनाए ।
ओली पोपले ३४ तथा रोरी बर्न्सले ३३ र जोस बटलरले ३० रन बनाए ।
डम बेस २८ रनमा अविजित रहेका छन् ।
भारतका इशान्त शर्मा, जस्प्रित बुम्राह,रविचन्द्र आश्विन र साहबाज नदीमले २/२ विकेट लिए ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।
टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।