एजेन्सी । घरेलु टिम बंगलादेशविरुद्धको पहिलो टेस्टमा जित निकाल्न वेस्ट इन्डिजलाई २ सय ८५ रनको आवश्यकता परेको छ ।
टेस्टको चौंथो दिन शनिबारको खेल समाप्तिमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर १ सय १० रन बनाएको छ ।
अब वेस्ट इन्डिजलाई जित निकाल्न अन्तिम दिन २ सय ८५ रन बनाउनु पर्नेछ ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका केली मेयर्स ३७ रनमा अविजित रहदा बोनर १५ रनमा अविजित छन् ।
बंगलादेशका मेहदी मिराज हसनले ३ विकेट लिए ।
बंगलादेशले दोस्रो इनिङ्समा ८ विकेट गुमाएर २ सय २३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
बंगलादेशले इनिङ्स समाप्तिको घोषणा गरेपछि वेस्ट इन्डिजले ३ सय ९५ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा बंगलादेशका कप्तान मोनिनुल हकले १ सय १५ रनको शतकीय इनिङ्स खेले । लिटोन दासले ६९ रन बनाए ।
वेस्ट इन्डिजलाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको बंगलादेशले ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।
वेस्ट इन्डिजका राकिम कोर्नवाल र जोमेल वारिकनले ३/३ विकेट लिए ।
यस अघि वेस्ट इन्डिज पहिलो इनिङ्समा २ सय ५९ रन जोड्दा अलआउट भएको थियो ।
वेस्ट इन्डिजका कप्तान क्रेग ब्रेथवेटले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।
जेर्मिने ब्लाकउडले ६८ रन जोड्दा जोसुवा डा सिल्भाले ४२ रन बनाए । केली मेयर्सले ४० रन जोडे ।
बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नायिम हसनले २ विकेट लिए ।
त्यस्तै बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ३० रन बनाएको थियो ।
बंगलादेशका लागि मेहदी हसन मिराजले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
यस्तै शकिब अल हसनले ६८ तथा शादमान इस्लामले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
मुस्फिकर रहमान र लिटोन दास समान ३८ रनमा आउट हुँदा कप्तान मोमिनुल हकले २६ रन बनाए ।
होसेन सान्टोले २५ रन बनाउँदा नायम हसनले २४ रन बनाए ।
वेस्ट इन्डिजका जोमेल वारिकनले ४ विकेट लिए । राकिम कोर्नवालले २ विकेट लिए ।