एजेन्सी । घरेलु टिम भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डका कप्तान जोय रुटले कीर्तिमानी दोहोरो शतक पुरा गरेका छन् ।
चेन्नईमा टेस्टको दोस्रो दिन रुटले कीर्तिमानी दोहोरो शतक पुरा गरेका हुन् ।
पहिलो दिन १ सय २८ रनमा अविजित रहेका रुटले शनिबार दोहोरो शतक पुरा गरेका छन् ।
यससँगै रुट १०० औं टेस्टमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने ।
यस टेस्ट रुटको करियरको १०० औं टेस्ट हो ।
रुट व्यक्तिगत ९८, ९९ र १०० औं टेस्टमा लगातार शतक बनाउने पहिलो खेलाडी समेत हुन् ।
रुटको दोहोरो शतकसँगै पहिलो इनिङ्समा इंग्ल्यान्ड पहिलो इनिङ्समा उच्च योगफलतर्फ अघि बढेको छ ।
टी ब्रेकसम्म इंग्ल्यान्डले ४ विकेट गुमाएर ४ सय ५४ रन बनाएको छ ।