एजेन्सी । अष्ट्रेलियन बलर मिचेल स्टार्कले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट नखेल्ने भएका छन् ।
तीव्र गतिका बलर स्टार्कले आगामी सिजनका लागि हुने अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छैनन् ।
विश्वका नाम चलेका खेलाडीहरुले अक्सनका लागि नाम दर्ता गराउँदा उनले भने दर्ता नगरेका हुन् ।
आईपीएलको अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ ।
अक्सनका लागि कुल १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् ।
स्टार्कले पछिल्लो पटक सन् २०१५ मा बैंगलोरबाट खेलेका थिए ।