एजेन्सी । घरेलु टिम भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ ।
चेन्नईमा टेस्टको पहिलो दिनको खेल सकिदा शुक्रबार इंग्ल्यान्डले ३ विकेट गुमाएर २ सय ६३ रन बनाएको छ ।
इंग्ल्यान्डका कप्तान जोय रुट १ सय २८ रनको शतकीय इनिङ्स खेल्दै अविजित रहेका छन् ।
करिअरको १०० औं टेष्ट खेलिरहेका उनको यो कीर्तिमानी शतक हो । उनि व्यक्तिगत ९८, ९९ र १०० औं टेस्टमा लगातार शतक बनाउने पहिलो खेलाडी बने ।
उनको यो करियरको २० औं टेस्ट शतक हो ।
यस्तै ओपनर डम सिब्ली ८७ रनमा आउट भए । अर्को ओपनर रोरी बर्न्सले ३३ रन बनाए ।
भारतका जस्प्रित बुम्राहले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।
टेस्ट सिरिजपछि इंग्ल्यान्ड र भारतबीच पाँच खेलको टी-ट्वान्टी हुनेछ ।
यस्तै ३ खेलको एकदिवसीय सिरिज समेत हुनेछ ।