एजेन्सी । घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार २ सय १८ रनको अग्रता बनाएको छ ।
वेस्ट इन्डिजलाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको बंगलादेशले ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।
दोस्रो इनिङ्समा खराब सुरुवात गरेपनि बंगलादेश बलियो स्थितिमा रहेको छ ।
बंगलादेशका मोनिनल हक ३१ रन बनाएर अविजित रहेका छन् । मुस्फिकर रहमान १० रनमा अविजित छन् ।
राकिम कोर्नवालले २ विकेट लिएका छन् ।
यस अघि वेस्ट इन्डिज पहिलो इनिङ्समा २ सय ५९ रन जोड्दा अलआउट भएको थियो ।
वेस्ट इन्डिजका कप्तान क्रेग ब्रेथवेटले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।
जेर्मिने ब्लाकउडले ६८ रन जोड्दा जोसुवा डा सिल्भाले ४२ रन बनाए । केली मेयर्सले ४० रन जोडे ।
बंगलादेशका मेहदी मिराज हसनले ४ विकेट लिए । मुस्ताफिजुर रहमान, ताइजुल इस्लाम र नायिम हसनले २ विकेट लिए ।
यस्तै टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पहिलो इनिङ्समा अलआउट हुँदै ४ सय ३० रन बनाएको थियो ।
बंगलादेशका लागि मेहदी हसन मिराजले १ सय ३ रनको शतकीय इनिङ्स खेले ।
यस्तै शकिब अल हसनले ६८ तथा शादमान इस्लामले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
मुस्फिकर रहमान र लिटोन दास समान ३८ रनमा आउट हुँदा कप्तान मोमिनुल हकले २६ रन बनाए ।
होसेन सान्टोले २५ रन बनाउँदा नायम हसनले २४ रन बनाए ।
वेस्ट इन्डिजका जोमेल वारिकनले ४ विकेट लिए । राकिम कोर्नवालले २ विकेट लिए ।