एजेन्सी । इंग्ल्यान्डका ब्याट्सम्यान जाक क्रलेले भारतविरुद्धको सुरुवाती दुई टेस्ट गुमाउने भएका छन् ।
हातको नाडीमा लागेको चोटका कारण क्रलेले सुरुवाती दुई खेल गुमाउने भएका हुन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले क्रलेले चोट बोकेको पुष्टि गर्दै सुरुवाती खेलमा उपस्थित नहुने बताएको छ ।
भारत भ्रमणमा रहेको इंग्ल्यान्डले घरेलु टिमसँग चार खेलको टेस्ट सिरिज खेल्दैछ ।
इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट शुक्रबार चेन्नईमा सुरु हुनेछ ।
ब्याट्सम्यान क्रले बुधबार भएको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् ।