काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगर यथावत रहन सफल भएकी छिन् ।
आईसीसीले सोमाबर सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सिता ८५ औं स्थानमा रहेकी छिन् । सिता अघिल्लो वरीयतामा ८५ औं स्थानमै रहेकी थिइन् ।
सिता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन् ।
यस अघि पूर्व कप्तान नेरी थापा बलिङतर्फको शीर्ष सय भित्र पर्दै आएकी थिइन् । तर, यस पटक उनी शीर्ष सयमा पर्न असफल भएकी छिन् ।
ब्याटिङतर्फ अष्ट्रेलियाकी बेथ मोनी शीर्ष स्थानमा रहेकी छिन् ।
यस्तै नेपाल आईसीसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा समेत यथावत रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो ।
नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटीङ अंक प्राप्त गरेको छ ।
नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो ।
नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन ।
नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन ।
वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ ।
यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ ।
पुरुषतर्फ नेपाल एकदिवसीयमा १६ औं र टी-ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।