काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आबद्द मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा चौंथो हार व्यहोरेको छ ।
बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो ।
मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो ।
आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए । पाउल स्ट्रर्लिङले १५ रन जोडे ।
मराठाका मोसडेक होसेनले १ विकेट लिए ।
सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए ।
यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए ।
आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए ।
जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ ।
मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ ।