एजेन्सी । श्रीलंका क्रिकेट टिमका मुख्य प्रशिक्षक मिकी अर्थर र ब्याट्सम्यान लाहिरु थिरिमानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
श्रीलंका क्रिकेटले बिहीबार प्रशिक्षक अर्थर र ब्याट्सम्यान लाहिरुलाई कोरोनाको संक्रमण भएको जनाएको छ ।
श्रीलंका क्रिकेटले विज्ञप्ति निकाल्दै दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
वेस्ट इन्डिजको भ्रमण अघि गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।
टिमका अन्य खेलाडी र स्टाफको रिपोर्ट भने नेगेटिभ आएको बताईएको छ ।
कोरोना देखिएपछि दुबै जना सेल्फ आईसोलेसनमा बसेको श्रीलंका क्रिकेटले जनाएको छ ।