काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नेछ ।
यस्तै प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराउने छ ।
प्रतियोगिता कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य तथा क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो ।