काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आबद्द मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा दोस्रो हार व्यहोरेको छ ।
शनिबार भएको खेलमा मराठा बंगला टाइगर्ससँग ६ विकेटले पराजित भएको हो ।
मराठाले दिएको १ सय ४ रनको लक्ष्य बंगलाले ८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
बंगलाको जितमा आन्द्रे फ्लेट्चरले ३१ रन जोड्दा जोनसन चार्ल्सले २३ रन बनाए ।
अफिफ होसेनले २२ रन जोडे ।
मराठाका सोमपालले १ ओभर बलिङ गर्दै १२ रन खर्चिए ।
यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा १ सय ३ रन बनाएको थियो ।
मराठाका मोहमद हाफिजले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै अब्दुल शाकुर ३४ रनमा अविजित रहे ।
यस हारसंगै मराठाले ३ खेलमा २ अंक जोडेको छ ।
मराठा तेस्रो स्थानमा रहेको छ ।
बंगलाले २ खेलमा २ अंक जोडेको छ ।