काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले सुरुवातमा ब्याटिङ थालेको छ ।
टियु क्रिकेट मैदानमामा एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि आर्मीले ब्याटिङ गरेको हो ।
चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा रहेका छन् ।
एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारी दुबै उपाधि जित्नेमा आशावादी छन् ।
एपीएफ अपराजित रहदै फाइनल पुगेको हो ।
पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो । सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।
समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो ।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो ।
आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
प्लेईङ सेट -