काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आबद्द मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा हार व्यहोरेको छ ।
शुक्रबार भएको खेलमा मराठा दिल्ली बुल्ससँग ९ विकेटले पराजित भएको हो ।
मराठाले दिएको ८९ रनको लक्ष्य बुल्सले ५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
बुल्सको जितमा इभिन लेविसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रबि भोपराले अविजित २८ रन जोडे ।
मराठाका यामिनले १ विकेट लिए ।
लगातार दोस्रो खेल खेलेका सोमपालले १ ओभर बलिङ गर्दै १७ रन खर्चिए ।
यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो ।
उसका कप्तान मोसाडेक होसेनले सर्वाधिक ३५ रन जोडे । जाभेद अमादीले २४ रन बनाए ।
मराठाको यो पहिलो हार हो । पहिलो खेलमा मराठाले नर्थन वारिवर्सलाई हराएको थियो ।