काठमाडौं । कतारविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले बन्द प्रशिक्षणमा १८ खेलाडीलाई बोलाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार कतारसँगको तीन खेलको सिरिजका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
क्यानले बोलाएको टिममा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी परेका छैनन् ।
तर, क्यानले राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई बन्द प्रशिक्षण लागि बोलाएको छ ।
अलराउण्डर विवेक यादव पहिलो पटक टिमको प्रशिक्षणमा परेका छन् ।
यस्तै कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।
नेपाल र कतारबीचको बाइल्याट्रल टी-ट्वान्टी सिरिज अन्तर्गतको खेल फ्रेबुअरी ९, १० र १२ मा हुनेछ ।
नेपालले फेब्रुअरी १ बाट बन्द प्रशिक्षण सुरु गर्नेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी -
विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी, शाहब आलम