एजेन्सी । युएईका क्रिकेटर मोहमद नाभिद र शाइमन अनवर खेल मिलेमतो (म्याच फिक्सिङ) मा दोषी ठहरिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार नाभिद र अनवर म्याच फिक्सिङमा दोषी पाईएको जनाएको छ ।
म्याच फिक्सिङमा दोषी पाईएपछि उनीहरु माथिको कारबाही कायम रहने आईसीसीले जनाएको छ ।
आईसीसीले पूर्व कप्तान समेत रहेका नाभिद र अनवरलाई गत वर्ष निलम्बन गरेको थियो ।
म्याच फिक्सिङमा दोषी पाईएपछि उनीहरुमाथिको निलम्बन कायम रहने छ ।
सन् २०१९ को विश्वकप क्रिकेटको छनोटमा उनीहरुले म्याच फिक्सिङ गरेको बताईएको छ ।